ओपोको नयाँ स्मार्टफोन रेनोटू एफ बजारमा

11

काठमाडौं । ओपोले नेपालमा आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । रेनोटू एफ, ओपोको लोकप्रिय रेनो सिरिज अन्तर्गत भित्र्याइएको नयाँ संस्करण हो । प्रयोगकर्ताको रचनात्मकतालाई थप प्रोत्साहन गर्ने उद्देश्यका साथ यसमा प्रशस्त फोटोग्राफीमा सुधार ल्याउने फिचर्स उपलब्ध गरिएको ओपोले जनाएको छ ।

ओपो रेनोटू एफमा कम्पनीले क्वाड (चारओटा) क्यामेरा सेटअपको ब्यवस्था गरेको छ । फोनमा उपलब्ध चार क्यामेरामा ४८ एमपी अल्ट्रा क्लियर मेन लेन्स, ८ एमपी वाइड एंगल लेन्स, एउटा मोनो लेन्स र २ एमपी पोट्रेट लेन्स रहेका छन् ।
अहिले फोनमा उपलब्ध गरिएको ४८ एमपी क्षमताको प्रमुख लेन्स पछिल्ला पुस्ताका लेन्सको तुलनामा ठूलो मात्र नभइ अझ बढी रेजोल्यूशन दिने क्षमता राख्छ । यसमा रहेका एफ १.७९ एपर्चर र १ र २.२५ ईञ्च सेन्सरको सहायताबाट यसो हुनु सम्भव भएको हो ।

फोनमा रहेका शक्तिशाली क्वाड क्यामेरा र तिनमा समाहित ४८ एमपी प्रमुख लेन्स र अल्ट्रा नाइट मोड २.० का माध्यमबाट यसले जस्तो सुकै परिस्थितीमा उत्कृष्ट तस्विर खिच्ने क्षमता राख्ने कम्पनीको दाबी छ । यसमा रहेका वाइड एंगल लेन्स र सोलुप भिडियो एडिटरका कारण रेनोटू एफको भिडियो खिच्ने क्षमतापनि उत्तिकै सटिक छ । यो १९.५ः९, पानोरामिक स्क्रिनमा २३४०८१०८० रिजोल्यूसन र ९१.१ प्रतिशत स्क्रिन टू बडी रेसियो दिइएको छ ।

फोनको ब्याक कभरमा जस्तै सम्भावित क्षतिबाट जोगाउने सोचका साथमा यसमा रहेको ६.५ ईञ्च एमोलेड पानोरामिक स्क्रिनमा पाचौँ पुस्ताको कोर्निङ गोरिल्ला ग्लासको प्रयोग गरिएको छ । यो फोनमा आँखालाई स्क्रिनले फाल्ने हानिकारक नीलो प्रकाशबाट जोगाउन फ्लिकर फ्रि मोड र नाइट शिल्ड मोड उपलब्ध गराएको कम्पनीले जनाएको छ ।

रेनो सिरिजको रचनात्मक स्पिरिटलाई आफूमा समाहित गर्दै यो नयाँ समिकरणले प्रयोगकर्तालाई रचनात्मकताका थप मार्ग प्रशस्त गर्दै नयाँ दृष्टिकोण प्रस्तुत गर्न प्रोत्साहित गर्ने ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत, बबी ट्राओले बताए । नयाँ फोनमा रहेको अत्याधुनिक क्यामेरा प्रविधिले बृहत ल्याण्डस्केपदेखि संकुचित गल्ली तथा पर्याप्त सौर्य प्रकाश रहेका समुद्रि किनार, हरेक वातावरण तथा परिस्थितीमा पनि उत्कृष्ट प्रदर्शनी दिने उनले बताए ।

कम्पनीले फोनमा ४ हजार एमएएच (टीवाईपी) ब्याट्री जडान गरेको छ । यो ब्याट्रीलाई मोबाइल गेम खेल्दै गर्दाको बखतमा समेत मज्जाले चार्ज गर्न सकिन्छ । फोनमा स्मार्ट एआई रेफ्रिजिरेटरको ब्यवस्था पनि रहेको छ । रेनोटू एफमा ओपोले पछिल्लो संस्करणका तुलनमा अझ तिब्र हिडन फिंगरप्रिन्ट अनलक ३.० उपलब्ध गराएको छ । अनलक एरियाको प्रकास यस पटक पछिल्ला संस्करणका तुलनमा १६ प्रतिशत चहकिला र स्क्रिन अन रहेको समयमा यसको अनलकिङ गति ११ प्रतिशत सम्म तीब्र छ । यसका लागि कम्पनीले अप्टिकल फिंगरप्रिन्ट लेन्सका लागि थप उपयुक्त चहकिलो स्क्यानिङको प्रयोग गरेको जनाएको छ ।

मानिसको छाला र निर्जिव वस्तुले प्रकाश तथा ताप सोस्ने तथा प्रतिबिम्बित गर्ने कार्यका आधारमा यसले काम गर्ने कम्पनीले जानकारी दिएको छ । रेनोटू एफमा एमटीके हेलियो पी ७० सीपीयूका साथमा ८जीर्बी याम र १ सय २८जीबी रोमको शक्तिशाली संयोजन दिइएको छ ।

ओपोले नेपालमा रेनोटू एफलाई “लेक ग्रिन” र “स्काइ हृवाइट” गरी दूई आकर्षक रंगमा सार्वजनिक गरेको छ । रेनोटू एफको मूल्य ४६ हजार ९९० मूल्य निर्धारण गरिएको छ ।

समाचार वर्गहरू