सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित

41

(काठमाडौं) – सरकारको आर्थिक वर्ष २०७७/७८को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । गत जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम २ दिनको छलफलपछि मंगलबार पारित भएको हो ।

सरकारको नीति तथमा कार्यक्रममा विभिन्न सांसदहरुले संशोधन प्रस्ताव दर्ता  गराएका थिए । नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको मंगलबार संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ पनि दिएका थिए । तर प्रधानमन्त्रीको जवाफ चित्त नबुझेको भन्दै संशोधन प्रस्तावहरु फिर्ता भएनन् ।

हुन्छ वा हुन्न भन्ने ध्वनी मतका आधारमा सबै संशोधन प्रस्ताव अस्वीकृत भएसँगै नीति तथा कार्यक्रम निर्णयार्थ संसदमा प्रस्तुत भएको थियो । जुन प्रस्ताव बहुमतले पारित भएको हो । अब यसकै आधार सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नेछ ।

समाचार वर्गहरू