एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी 

14

काठमाडौं –  गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त विजयी भएका छन् । बिहीबार भएको मतदानमा कुल मध्ये १२ सय १७ मत ल्याएर पन्त विजयी भएका हुन् ।

पन्तका प्रतिद्वन्दी आचार्यले १ हजार ७० मत पाए । हिजो भएको मतदानमा पन्तले प्रतिद्वन्द्वी कुल आचार्यलाई पराजित गरेका हुन् । एनआरएनएको नवौं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनले कुमार पन्तको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

४१ पदाधिकारीको लागि मतदान भएको थियो । ४१ पदाधिकारीका लागि ७५ जना चुनावी मैदानमा उत्रिएका थिए । बुधबार इलेक्ट्रोनिक भोटिङ हुने भने पनि मेसिन बिग्रिएको भन्दै हिजो मात्र मतदान भएको थियो ।

कुल २ हजार ५ सय ७० मतदाता मध्ये २ हजार ३ सय ४४ मत खसेको थियो । निर्वाचन समितिका सदस्य कुलप्रसाद पाण्डेकाअनुसार युरोपबाट ९ सय २०, अमेरिकाबाट २ सय ७१, अष्ट्रेलिया, र न्युजिल्याण्डबाट २ सय १५, एसियाबाट ४ सय ६२, मध्यपूर्वबाट ४ सय ६० र अफ्रिकाबाट १६ मत खसेको थियो ।

समाचार वर्गहरू