मास्कमा कालोबजारी गर्ने ३ फार्मेसीलाई जरिवाना

46

(काठमाडौं) – मास्कमा कालोबजारी गर्ने काठमाडौंका तीन वटा व्यापारिक फर्मलाई सरकारले कारबाही गरेको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको बजार अनुगमनका क्रममा बढी मूल्यमा मास्क बिक्री गरेको पाइएपछि काठमाडौंका तीन वटा फार्मेसीलाई जरिवाना तिराएको हो ।

वीर अस्पताल अगाडि रहेको मेगन फार्मेसी, हनुमान फर्मा र पवित्र प्रोगेस फार्मेसीलाई २/२ लाख रुपैयाँका दरले जरिवाना तिराएको हो ।

वीर अस्पताल अगाडि सञ्चालित ती फार्मेसीले के एन ९५ मास्कमा बजार मूल्य भन्दा बढी मूल्य लिएर उपभोक्ता गठी गरेको भेटिएपछि जरिवाना तिराएको विभागले जनाएको छ ।

मास्कमा बढी मूल्य लिइ बिक्री गरेको पाइएकोले उपभोक्ता संरक्षण ऐन २०७५ को १६ (२) (क) बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरेकोले ३८ (ङ) को कसुरमा ३९ (१) (ख) बमोजिम २ लाख जरिवाना गरिएको विभागले जनाएको छ ।

समाचार वर्गहरू