कोरोना परिक्षणको क्रममा काठमाडौंको बौद्ध क्षेत्रमा झडप

30

(काठमाडौँ) – उपत्यकाको बौद्धस्थित सिमलटारमा कोरोना परीक्षणका क्रममा झडप भएको छ । पीसीआर टेष्ट गर्ने कीट कम भएको बिषयमा विवाद हुँदा झडप भएको प्रहरीले जनाएको छ ।

प्रतिनिधिसभा सदस्य (सांसद) छक्कबहादुर लामा सो क्षेत्रमा रहेका हुम्लाका स्थानीयबासीको परीक्षणका लागि पाँच सय पीसीआर कीटसहित पुगेका थिए ।

पीसीआर टेष्ट गर्न कीट नपुग्ने भएपछि कसको परीक्षण गराउने भन्ने विषयमा विवाद हुँदा झडप भएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख डीएसपी नविन कार्कीले जानकारी दिए ।

झडपमा मानवीय क्षति नभएको केही युवाहरु घाइते भएको उनले बताए । केही व्यक्तिलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

समाचार वर्गहरू