एमसीसीसँगको सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा

16

(काठमाडौं) – इंग्ल्यान्डको सबैभन्दा पुरानो मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) सँगको सिरिजका लागि नेपालले राष्ट्रिय क्रिकेट टिमको घोषणा गरिएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले बिहीबार ज्ञानेन्द्र मल्लको कप्तानीमा तीन फर्म्याटको लागि राष्ट्रिय टिमको घोषणा गरेको हो । आईसीसीले मल्लको कप्तानीमा टी-२०, एकदिवसीय र फस्ट क्लास (तीन दिवसीय) क्रिकेट खेल्ने फरकफरक टोली घोषणा गरेको हो ।

हालै मात्र कप्तान पद छाडेका पारस खड्का एकदिवसीय टिममा छन् भने टी – २० र तीन दिवसीयमा छैनन् । नेपालले टी – ट्वान्टीका लागि १५ सदस्सीय टिमको घोषणा गर्दा एकदिवसीय र फस्ट क्लासको लागि १४/१४ सदस्सीय टिमको घोषणा गरेको हो । तर, निर्वतमान कप्तान पारस खड्काले भने एकदिवसीय मात्र खेल्ने छन् । टिमका भएका मध्ये ८ खेलाडीले तीन वटै फर्म्याटमा स्थान बनाएका छन् ।

५० ओभरको खेल खेल्ने नेपाली टोलीमा पारससँगै दीपेन्द्रसिंह ऐरी, बसन्त रेग्मी, आरिफ शेख, विक्रम सोब, विनोद भण्डारी, इशान पाण्डे, करण केसी, ललितनारायण राजवंशी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शरद भेषवाकर र सोमपाल कामी छन् ।

यो खेल १८ कात्तिकमा हुनेछ । टी – ट्वान्टी टिममा पर्दै अमित श्रेष्ठ र नन्दन यादवले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका छन् ।

तीन दिवसीय खेल भने २० कार्तिकमा सुरु हुनेछ । यसका लागि घोषित नेपाली टोलीमा कप्तान ज्ञानेन्द्रसँगै अरिफ शेख, बसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्र सिंह ऐरी, जितेन्द्र मुखिया, करण केसी, पवन शरार्फ, राजु रिजाल, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शरद भेषावकर र सोमपाल कामी छन् ।

 

समाचार वर्गहरू