सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घट्यो

15

(काठमाडौं) – पछिल्लो साता केही उकालो लागेको सुनको मूल्यमा मंगलबार सामान्य गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार स्थानीय बजारमा छापावाला सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ ।

छापावाला सुनको मूल्य प्रतितोला रु ७० हजार ८ सय रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । सोमबार छापावाला सुन प्रतितोला ७१ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो । यसैगरी तेजाबी सुनको मूल्य पनि प्रतितोला २ सय रुपैयाँले घटेको छ । महासङ्घले तेजाबी सुनको मूल्य प्रतितोला ७० हजार ५ रुपैयाँ निर्धारण गरेको छ ।

सोमबार तेजाबी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा खरिदबिक्री भएको थियो । यसैगरी चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घटेको छ । आज स्थानीय बजारमा चाँदी प्रतितोला ८६५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

समाचार वर्गहरू