दाङ – लागूऔषध चरेश १५ किलो सहित दाङको घोराहीबाट ६ जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२५ का ४० बर्षीय सन्तोष गुरुङ, रोल्पा नगरपालिका–१० का २२ वर्षीय आकाश विक, २२ बर्षीय जीतकुमार विक रहेका छन् ।
यस्तै, रोल्पाको थबाङ गाउँपालिका–५ रोल्पाकी ४० बर्षीया कमला घर्ती, परिवर्तन गाउँपालिका–४ रोल्पाकी ४५ बर्षीया जुनु बुढा र बनगार नगरपालिका १२ सल्यानका २८ बर्षीय डिलबहादुर बिक रहेका छन् ।
घोराही उपमहानगरपालिका–१४ बसपार्कस्थित रोल्पा नुवागाउा होटेलमा लुकाइराखेको चरेशसहित सोमबार उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुबारे थप अनुसन्धान भैरहेको प्रदेश ५ प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।