नेपालको आर्थिक वृद्धिदर उत्साजनक : नेकपा अध्यक्ष दाहाल

16
तस्बिर : नेकपा अध्यक्ष पुष्पकमल दाहालको सचिवालय

(बाँके) – नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्प कमल दाहालले नेपालको आर्थिक वृद्धिदर उत्साजनक रहेको बताएका छन् । बाँकेमा आयोजित विभिन्न कार्यक्रमहरुमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘अहिले देशमा कुनै समस्या छैन । सम्पूर्ण पार्टीहरुको ध्यान मुलुकको आर्थिक विकासमा केन्द्रित छ । नेपालले मात्र होइन अन्तर्रा्ष्ट्रिय वित्तिय संस्थाहरुले नेपालको आर्थिक विकासको सम्भावना असाध्यै राम्रो छ भनेका छन् ।’
पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष दाहालले नेपालको आर्थिक वृद्धिदर ७ प्रतिशत भन्दा माथि गएको भन्दै निकै उत्साह स्थिति रहेको बताए । अब सम्पूर्ण रुपले विकास निर्माणमा केन्द्रित हुँदा त्यो आर्थिक वृद्धिदरलाई अझै बढाएर लैजान सकिने उनको विश्वास थियो ।

नेपालगञ्जमा क्षेत्रीय विमानस्थल बनाउन पनि आफूले सक्दो पहल गर्ने दाहालले आश्वासन दिएका छन् । उनले भने, ‘नेपालगञ्जमा पनि पोखरा र लुम्बिनीमा जस्तै विमानस्थल बनाउनुपर्छ भन्ने तपाईँहरुको माग जायज छ । यसमा मेरो पूर्ण समर्थन र पहल हुनेछ,’

अध्यक्ष दाहालले हिल्सा–सुर्खेत रोड ठूलो बनाउन चीनसँग समेत कुरा भएको भन्दै उत्तर दक्षिण सडकमार्ग जोड्न सके नेपालगञ्जको विकासमा ठूलो परिवर्तन आउने बताए । उनले नेपालगञ्ज–दिल्ली एयर रुट बनाउन पहल र नेपालगञ्जलाई उपमहानगरबाट महानगर बनाउन आफ्नो प्रयास हुने बताए ।

यसअघि नेपालगञ्जमा औद्योगिक क्षेत्रका रुपमा विकास गर्न तथा प्रदर्शनी केन्द्र बनाउन आफैँले छुट्याएको १० विगाहा जमिन खारेज भएको घटनाले आफूलाई आश्चर्यमा पारेका समेत उनले बताए । आफू काठमाडौ फर्केलगत्तै यसबारे प्रधानमन्त्रीसँग कुरा गरेर निर्णय सच्याउन लगाउने पनि उनले जानकार दिए । अध्यक्ष भोलि साँझ दाङमा आयोजित कार्यक्रमलाई सम्बोधन गरी काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।

समाचार वर्गहरू