नेकपाका दुई अध्यक्षबीच जारी छलफल सकारात्मक

41

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आन्तरिक विवाद समाधानका लागि दुई अध्यक्षबीच जारी छलफल सकारात्मक रहेको निष्कर्ष निकालेको छ ।

शीर्ष नेताहरु आ–आफ्नै गुटगत छलफलमा व्यस्त रहेपनि पछिल्ला केही दिन दुई अध्यक्षबीच छलफलको क्रम सुरु भएको थियो ।

बिना एजेण्डा छलफलमा नबस्ने प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको अडान र पदबाट राजीनामा दिन दवाव स्वरुप गुटगत छलफलमा रहेका अर्का अध्यक्ष पुष्पकमल दाहालबीच लामो समय पछि गत बिहीबार र शुक्रबार छलफल भएको थियो ।

झण्डै एक महिनापछि आज बसेको सचिवालय बैठकले विवाद समाधानको पहलमा दुई अध्यक्षबीच पुन: छलफल सुरु हुनु सकारात्मक रहेको निष्कर्ष निकालेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

सचिवालय बैठकले विवाद समाधानको खाका तयार गर्न भन्दै अध्यक्षद्वयले बनाएको ६ सदस्यीय कार्यदललाई अनुमोदन समेत गरेको छ । कार्यदललाई छिटो सुझावसहितको प्रतिवेदन पेश गर्न सचिवालयले बाटो खोलिदिएको छ ।

समाचार वर्गहरू