१७ वर्षदेखि फरार २ अभियुक्त पक्राउ

16

(काठमाडौं) – हत्याको आरोपमा १७ वर्षदेखि फरार रहेका २ जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले धादिङको खनियाबास गाउँपालिका ३ का ४२ वर्षीय गोम लामा तामाङ र सोही ठाउँका ३७ वर्षीय सुक लामा तामाङ काठमाडौंबाट पक्राउ गरेको हो ।

दिङको साविक दार्खा गाविस २ बस्ने २४ वर्षीय पशुराम तामाङको हत्या गरी फरार रहेको आरोपमा दुवै जनालाई केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले पक्राउ गरेको प्रहरी उपरीक्षक वेलबहादुर पाण्डेले जानकारी दिए ।

२०५९ साल कात्तिक २९ गते बेलुकी एकादशीको मेला भर्न गएका पर्शुरामलाई पुरानो रिसीबी तथा युवतीको विषयलाई लिएर गोम र सुकले धारिलो हतियार खकुरी र नाइन स्टिक प्रहार गरेका थिए । धारिलो हतियार खकुरी र नाईन स्टिक प्रहारबाट पर्शुरामको मृत्यु भएपछि उनीहरु फरार भएका थिए ।

फरार गोम वैदेशिक रोजगारीका क्रममा दुवईमा ३ वर्ष बसेर नेपाल फर्किएका थिए भने सुक कतार तथा मलेसियामा ६ वर्ष बसेर नेपाल फर्केका थिए । लुकीछिपी अवस्थामा काठमाण्डौंको कागेश्वरी मनहरा नगरपालिका १ मा कृषि फर्म तथा घर जग्गाको व्यवसाय सञ्चालन गर्दै आइरहेको अवस्थामा गोमलाई आइतबार विहान गागलफेदीबाट नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक पाण्डेले बताए ।

सुकलाई पनि काठमाण्डौंको कागेश्वरी मनहरा नगरपालिका(६ बाबा चोक मुलपानीमा लुकीछिपी चियापसलको व्यवसाय सञ्चालन गर्दै आइरहेको समयमा आइतबार नै नियन्त्रणमा लिएको पाण्डेले बताए । पक्राउ परेका दुबै जनालाई आवश्यक कारबाहीका लागि धादिङ पठाइएको सीआईबीले जनाएको छ ।

समाचार वर्गहरू