चरेशसहित २२ वर्षीया महिला पक्राउ

55

काठमाडौं – लागूऔषध चरेशसहित चन्द्रागिरी नगरपालिका–१२ बलम्बुबाट एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका–८ की २२ वर्षीया पवित्रा थिङ रहेकी छन् ।

लागूऔषध चरेश ९ किलोग्राम ३५० ग्राम सहित बलम्बुबाट धादिङ गजुरीकी थिङलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

बलम्बुमा डेरा गरेर बस्ने थिङले कोठाभित्र झोलामा लुकाएर राखेको अवस्थामा चरेशसहित पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

पक्राउ थिङका श्रीमान् फुलबहादुर तामाङ भने फरार रहेका छन् । पक्राउ थिङमाथि लागूऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम अनुसन्धान थालिएको वृत्तले जनाएको छ ।

 

समाचार वर्गहरू