सुनसरी – धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत बिराटनगरकी एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मोरङको विराटनगर महानगरपालिका–११ निवासी ४३ वर्षीया महिलाको उपचारको क्रममा शुक्रबार साँझ ६ः३० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।
भदौ १७ गते कोरोना संक्रमण पुष्टि भएपछि त्यसको भोलिपल्ट उनलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो ।
उनलाई विगत ४ वर्षदेखि उनमा उच्च रक्तचापको समस्या थियो । श्वासप्रश्वासमा समस्या हुनुका साथै पेट र छाती दुख्ने समस्या पनि उनमा देखिएको डा. सापकोटाले बताए ।