बुटवलको कोरोना अस्पतालमा २ संक्रमितको मृत्यु

48

रुपन्देही – बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो । लुम्बिनी प्रादेशिक अस्पतालद्वारा संचालित आइसोलेसन अस्पतालमा नवलपरासीकी एक महिला र बुटवलका एक पुरुषको मृत्यु भएको हो ।

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका-२ की ३७ वर्षीय महिलाको उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको हो ।
कोरोना संक्रमण पुष्टि भएपछि भदौ १७ गते आइसोलेसनमा भर्ना भएकी महिलालाई शुक्रबार रातिदेखि भेन्टिलेटरमा राखिएको थियो ।

उनलाई पनि श्वासप्रश्वासमा समस्या भएर अस्पताल ल्याएर कोरोना परीक्षण गर्दा पीसीआर रिपोर्ट पोजेटिभ आएको अस्पतालका फोकल पर्सन डा सुदर्शन थापाले बताए । उनी ज्वरो र श्वासप्रश्वासको समस्या रहेको तर अन्य दीर्घ रोग नरहेको डा.थापाले बताए ।

यस्तै, बुटवल उपमहानगरपालिका ११ का ४० वर्षीय पुरुषको शुक्रबार राति ११ : १० बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन डा थापाले बताए ।

उनी भदौ १५ गतेदेखि अस्पतालमा भर्ना भएका थिए भने चार दिनयता भेन्टिलेटरमा राखेर उपचार गरिंदै आइएको थियो । पुरुषमा पनि कोरोना संक्रमण बाहेक अन्य कुनै स्वास्थ्य समस्या नरहेको थापाले बताए । भेन्टिलेटरमा राखिएका उनलाई श्वासप्रश्वासमा समस्या भएपछि मृत्यु भएको डा. थापाले बताए ।

समाचार वर्गहरू