(काठमाडौं)– मंसिरमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको क्रिकेट खेलका लागि १५ सदस्यीय नेपाली टिमको घोषणा भएको छ । नेपालले सागका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा १५ सदस्सीय राष्ट्रिय टिमको घोषणा गरेको हो ।
ख्य प्रशिक्षक उमेश पटवाल र कप्तान ज्ञानेन्द्र मल्लले साग खेल्ने टिमको टुंगो लगाएको हो । टिममा पूर्वकप्तान पारस खड्कासँगै अहिलेका कप्तान ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, करण केसी, सोमपाल कामी र सन्दीप लामिछाने रहेका छन् ।
साग खेल्ने टिममा नियमित सदस्य शरद भेषवाकर र बसन्त रेग्मी अटाएका छैनन् । यस्तै युवा खेलाडी रोहित कुमार पौडेल, भिम सार्की र सागर ढकाल वैकल्पिकमा परेका छन् । नेपाली टिममा राशिद खानले डेब्यु गरेका छन् ।
त्यस्तै, अविनाश बोहोरा, सुशान भारी, कुशल भुर्तेल, सन्दीप जोरा, आरिफ शेख, पवन सर्राफ, ललितनारायण राजवंशी र राशिद खान परेका छन् ।
त्यस्तै, वैकल्पिक खेलाडीको रुपमा रोहितकुमार पौडेल, भीम शार्की र सागर ढकाल रहेका छन् । १३ औं साग यहि मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं र पोखरामा हुँदैछ ।
साग अन्तर्गत क्रिकेटमा भारत र पाकिस्तानले भने सहभागिता जनाउने छैनन् । क्रिकेट स्पर्धामा भुटान, माल्दिभ्स, नेपाल र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन् ।
मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं र पोखरामा हुने १३ औ दक्षिण एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा ५ टोलीले मात्र टिम दर्ता गराएका छन् । पुरुष क्रिकेट किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा हुनेछ ।