६ किलो चाँदी सहित एक पक्राउ

19

(धनुषा) – भन्सार छलेर भारतबाट नेपाल भित्राईएको ६ किलो चाँदीका गहना सहित सशस्त्र प्रहरी बलले एक जनालाई पक्राउ गरेको छ ।

धनुषाको जनकपुर उपमहानगरपालिका–२५ लोहनाबाट एक जनालाई पक्राउ गरेको हो । चाँदीसँगै एपीएफको टोलीले ७ लाख २० हजार १ सय रुपैयाँ समेत बरामद गरेको छ । पक्राउ पर्नेमा ४८ वर्षीय अरुण गुप्ता छन् ।

सशस्त्र प्रहरी बलका एसपी राजेश उप्रेतीका अनुसार शरीरभरि चाँदी र पैसा बाँधेर ल्याईरहेको अबस्थामा गुप्ता पक्राउ परेका हुन् । २ महिनायता सशस्त्र प्रहरी बलले धनुषाबाट भन्सार छलेर भित्राईएको ५५ किलो चाँदी बरामद गरिसकेको छ ।

समाचार वर्गहरू