(काठमाडाैं) – भूमि, सुधार तथा मालपोत कार्यालय, सिरहाका निमित्त प्रमुख रामबाबु मण्डललाई अख्तियार दुरूपयोग अनुसान्धान आयोगको टोलीले पक्राउ गरेको छ ।
५ लाख रुपैयाँ घूस लिएको अभियोगमा उनलाई पक्राउ गरिएको छ । अख्तियारले गरेको स्टिंग अप्रेशनमा निमित्त प्रमुख मण्डल शुक्रबार बिहान कार्यकक्षबाटै पक्राउ परेका हुन् ।
मण्डललाई अख्तियार दुरूपयोग अनुसान्धान आयोगको बर्दिबास कार्यालयको टोलीले ५ लाख घूस रकम सहित पक्राउ गरेको प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए ।
जग्गा बारेको निर्णय सहितका कागजात अदालतमा पेस गर्न सेवाग्राहीसँग घूस लिएको दाबी आयोगको छ ।