कांग्रेस नेता शाहीको चीन सरकारलाई चुनौती : नेपालको सीमा नमिचेको प्रमाण देऊ

63
फाइल फोटो

काठमाडौं – नेपाली कांग्रेसका नेता जीवन बहादुर शाहीले एक इन्च पनि नेपाली भूमि नमिचिएको प्रमाण पेश गर्न चीन सरकारलाई चुनौती दिएका छन् । पूर्वमन्त्री एवम् कर्णाली प्रदेशको प्रमुख विपक्षी दलका नेतासमेत रहेका शाहीले विज्ञप्ति जारी गर्दै आफूमाथि लागेका आरोप खारेज गरेका छन् र नेपाली भूमि नमिचेको प्रमाण पेश गर्न चुनौती दिएका हुन् ।

चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सले नेपाली भूमि चीनले मिचेको भनेर ‘हल्ला’ फैलिनुमा शाहीको हात रहेको समाचार प्रकाशित गरेको थियो । कांग्रेससहितका शक्तिले नेपाल–चीन सीमा विवादको आधारहीन हल्ला फैलाएको दाबी ग्लोबल टाइम्सले गरेको छ ।

शाहीको टोलीले हुम्लामा चीनले सीमा मिचेको भन्ने स्थानको भ्रमण गरेर चीनले सीमा मिचेको प्रतिवेदन पार्टी कार्यालयमा बुझाएका थिए र पछि नेपाली कांग्रेसले त्यसलाई अपनत्व समेत लिएको थियो ।

यस्तो छ, शाहीले प्रकाशित गरेको प्रेस विज्ञप्ति 

 

समाचार वर्गहरू