चोरी मुद्दामा फरार रहेका २ जना पक्राउ

39

धनुषा – नकबजनी चोरी मुद्दामा फरार रहेका २ जनालाई ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा लक्ष्मीनिया गाउँपालिका-२ बस्ने ४१ वर्षीय दिपेन्द्र कुमार यादव र सोही ठाउँ बस्ने ४० वर्षीय सिद्धार्थ सिंह सुबेदी रहेका छन् ।

जिल्ला अदालत धनुषाको २०७१ चैत १९ गतेको फैसलाले नकबजनी चोरी मुद्दामा ४ वर्ष १ महिना १५ दिन कैद सजाय र १ लाख ९६ हजार ५ सय २७ रुपैयाँ जरिवाना ठहर भएपछि यादव फरार भएका थिए ।

जिल्ला अदालत धनुषाको २०७१ चैत १९ गतेको फैसलाले नकबजनी चोरी मुद्दामा २ वर्ष २२ दिन कैद र ९८ हजार २ सय ८६ रुपैयाँ जरिवाना ठहर ठहर भएपछि सुवेदी फरार भएका थिए ।

ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीको टोलीले बिहीबार बिहान धनुषाबाट उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत धनुषामा उपस्थित गराइएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाले जनाएको छ ।

समाचार वर्गहरू