रोल्पा – कुटपिट गरी हत्या गरेको अभियोगमा रोल्पा प्रहरीले एक जनालाई आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पा नगरपालिका-५ छाप बस्ने २८ वर्षीय मोहन विक रहेका छन् ।
रोल्पा नगरपालिका-५ छाप बस्ने ५६ वर्षीय भिमराज घर्तिलाई कुटपिट गरी हत्या गरेको अभियोगमा विकलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।
मादक पदार्थ सेवन गरी मोहनले बिहीबार राति कुटपिट गर्दा गम्भीर घाइते भएका भिमराजको प्युठानको स्वास्थ्य चौकीमा सामान्य उपचार गरिएको थियो ।
राप्ती विज्ञान प्रतिष्ठान दाङ हुँदै थप उपचारको लागि मेडिकल कलेज कोहलपुरतर्फ लैजाने क्रममा आइतबार उनको बाटोमै मृत्यु भएको हो ।