अमेरिकामा रोजगारी गुमाएकालाई ९ खर्ब डलर बराबरको राहत प्याकेज

15

काठमाडौं – अमेरिकाले कोरोना संक्रमणका कारण रोजगारी गुमाएकालाई राहत स्वरुप ९ खर्ब डलर बराबरको प्याकेज ल्याउने भएको छ । ९ महिनाको अवधिमा १४ खर्ब डलरको राहत ल्याएको अमेरिकाले थप प्याकेज ल्याउने भएको हो ।

अमेरिकाको माथिल्लो सदन सिनेटका एक नेता मिट्च म्याककोनेलले मुलुक लामो समय देखी समस्यामा गुज्रियको र सो को समाधानका लागि राहत ल्याइएको बताए ।

कोरोना प्रभावितका लागि ल्याइएको सम्पूर्ण राहत प्याकेज यही डिसेम्बरमा सकिनै लाग्दा सो प्रक्रिया सुरु भएको बीबीसीले जनाएको छ । संक्रमण जोखिमका कारण अमेरिकामा १ करोड २० लाख जनाले रोजगारी गुमाएका थिए ।

गत साता मात्र ८ लाख ८५ हजार जनाले बेरोजगार भत्ताका लागि आवेदन दिएका थिए । सो संख्या गत सेप्टेम्बरदेखि हालसम्मकै उच्च भएको बीबीसीले जनाएको छ ।

समाचार वर्गहरू