खोटाङको साकेला गाउँपालिका-३ मा नेकपा विजयी

14

(खोटाङ) – खोटाङको साकेला गाउँपालिका–३ खिदिमाको वडाध्यक्षमा नेकपाका उम्मेदवार विजयी भएका छन् । शनिबार राति सम्पन्न मतगणना अनुसार नेकपाका उम्मेदवार शिवकला राई वडाध्यक्षमा निर्वाचित भएकी हुन् ।

कांग्रेसका उम्मेदवार शुक्र तामाङलाई १७ मतले पछि पार्दै उनी विजयी भएकी हुन् । कुल ७९८ मतमध्ये शिवकलाले ३९१ मत र शुक्रले ३७४ पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । समाजवादीका रमेश राईले १५ मत र राप्रपाका इन्द्रबहादुर खड्काले १ मत मात्र पाएका छन् ।

समाचार वर्गहरू