(काठमाडौं) – १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा मण्डेकाजी श्रेष्ठले नेपालका लागि पहिलो स्वर्ण पदक जितेका छन् । ललितपुरको सातदोबाटोस्थित कराते हलमा सोमबार करातेको व्यक्तिगत पुरुष एकल कातामा मण्डेले स्वर्ण जितेका हुन् ।
उनले पाकिस्तानका खेलाडीलाई फाइनलमा पराजित गरे । श्रेष्ठले पाकिस्तानका निएमातुल्हालाई पराजित गरे । श्रेष्ठले २५ दशमलव ७२ अंक जोडे । पाकिस्तानका खेलाडीले २४ दशमलव ९२ अंक जोडे ।
यसअघि महिला एकल कातामा नेपाली चञ्चला दनुवारले पाकिस्तानको खेलाडीसँग हारेर रजत पाएकी थिइन् । चन्चलाले फाइनलमा २४ दशमलव ६२ अंक जोडिन । स्वर्ण जितेकी पाकिस्तानकी साइदाले २५ दशमलव २८ अंक प्राप्त गरिन् । यस स्पर्धामा बंगलादेशले कास्य जितेको छ ।