काठमाण्डौं – प्रतिनिधिसभा विघटनपछि नेकपाको प्रचण्ड९माधव नेपाल र केपी शर्मा ओलीको समूह भन्दा छुट्टै समूह बनाएर बसेका वामदेम गौतमले आफू सरकारमा जान लागेको हल्ला सहि नभएको बताएका छन्। पार्टी एकता राष्ट्रिय अभियानका संयोजक गौतमले आफू गृहमन्त्री बन्ने भन्ने खबर गलत, भ्रामक र दूराशययुक्त भएको बताएका हुन।सामाजिक सञ्जाल मार्फत उनले त्यस्ता खबरप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएका छन्।‘मेरो चरित्र हत्या गर्ने दुष्ट प्रयत्न फेरि एकपटक सतहमा आएको छ। केही सञ्चार माध्यमले केपी ओली नेतृत्वको वर्तमान सरकारमा गृह मन्त्री बनेर वामदेव जादैछन् भन्ने गलत, भ्रामक र दूराशययुक्त समाचार प्रवाहित गरिएका छन्’, गौतमले लेखेका छन् ।
सत्यको जगमा टेकेर,यथार्थताको धरातलमा उभिएर, निष्पक्ष र न्यायका आँखाले हेरेर पत्रकारिताको मर्म र भावनालाई केन्द्र भागमा राखेर प्रचलित ऐन कानुनको परिधिभित्र रहेर सुशासनको पक्षमा देश र दुनियाँको आवाज बुलन्द गर्ने सञ्चारमाध्यमको नाम हो "मध्यबिन्दु अनलाइन" ।