(काठमाडौं) – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले यही मंसिर २६ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । ललितपुरको सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा दिउँसो १ बजेका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो ।
बैठकमा हालै सम्पन्न उपचुनावको समिक्षा, पार्टीको सांगठनिक गतिविधि लगायतका विषयमा छलफल हुने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा तेस्रो जागरण अभियान, भ्रातृ संस्था नेपाल विद्यार्थी संघको नेतृत्व चयन, म्याद गुज्रेका भ्रातृ संस्थाको महाधिवेशनका विषयमा पनि छलफल हुनेछ ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरु सहभागी हुने उनले जानकारी दिए ।