उसुमा निमालेे जितिन् स्वर्ण

13

(काठमाडौं) –  १३ औं दक्षिण एसियाली खेलकुद (साग) को उसुकाे थाउलो अन्तर्गत नान्दौंमा निमा घर्तीमगरले स्वर्ण पदक जितेकी छिन् । निमाको यो सफलतासँगै नेपालको स्वर्ण संख्या ३० पुगेको छ ।

लगनखेलस्थित आर्मी कभर्ड हलमा बिहीबार आयोजित प्रतिस्पर्धामा निमाले १८.१९ स्कोर ल्याउँदै १६.३ अंक जोडेकी बंगलादेशकी मोर्जिना अख्तरलाई पराजित गर्दै स्वर्ण जितेकी हुन् । श्रीलंकाकी संजु कुमारीले १४.७९ अंक जोड्दै तेस्रो स्थानमा चित्त बुझाइन् ।

निमाले यसअघि भारतमा भएको १२ औं संस्करणमा समेत स्वर्ण जितेकी थिइन् । आजको सफलतासँगै उनी सागको लगातार दुई संस्करणमा स्वर्ण जित्ने उसुकी पहिलो खेलाडी बनेकी छिन् ।

समाचार वर्गहरू