पौडीमा गौरिका सिंहले जितिन् अर्काे स्वर्ण

14

(काठमाडौं) – १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पौडीमा गौरिका सिंहले अर्को स्वर्ण पदक जितेकी छिन् ।

सातदोबाटोस्थित पौडी पोखरीमा आइतबार गौरिकाले ४ सय मिटर फ्रिस्टाइलमा स्वर्ण जितेकी हुन् ।

यसअघि उनले २ स्वर्ण र १ रजत हात पारिसकेकि छिन् । सागमा तीन स्वर्ण जित्ने उनी पहिलो नेपाली खेलाडी समेत भएकि छिन् ।

समाचार वर्गहरू