प्रधानमन्त्री निवास बालुवाटारमा संवैधानिक परिषद् बैठक जारी

12

काठमाडौं – कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख अग्नी प्रसाद सापकोटा अनुपस्थितशुरु भएको छ । कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख अग्नी प्रसाद सापकोटाको अनुपस्थितीमै आइतबार बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो ।

बैठकमा संवैधानिक परिषद् अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालगायत उपस्थित छन् ।

आजको बैठकले विभिन्न संवैधानिक निकायहरुमा पदाधिकारी नियुक्त गर्ने तयारी गरिएको बुझिएको छ । संवैधानिक आयोगहरुका पदाधिकारी नियुक्तिका लागि परिषदले सिफारिस गर्दछ । सिफारिसमा परेका व्यक्तिहरुको संसदीय सुनुवाइको प्रक्रिया पूरा गरिन्छ । त्यसपछि राष्ट्रपतिले नियुक्ति गर्ने व्यवस्था छ ।

समाचार वर्गहरू