सिन्धुपाल्चोक – इन्द्रावती गाउँपालिका-७ स्थित ‘सिन्धु उत्थान केन्द्र (SUK) नेपाल’ नामक गैर सरकारी संस्थाले कोरोना महामारी संकटको समयमा समुदाय स्तरसम्म कोरोना माहामारी फैलनबाट रोकथाम तथा नियन्त्रण गर्न स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
शुक्रबार इन्द्रावती गाउँपालिकाको कार्यालयमा गाउँपालिका अध्यक्ष बंशलाल तामाङ लाइ संस्थाका सचिव बासुदेव अधिकारीले मास्क साबुन लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् । यसका अलावा संस्थाले गाउँपालिकाका सबै वडाहरुमा आवश्यकताका आधारमा स्वास्थ्य सामाग्री वितरण गर्दै आएको सचिव अधिकारीले जानकारी दिए ।

उनका अनुसार अहिलेसम्म करिब २० हजार पिस सर्जिकल मास्क ५०० लिटर सेनिटाइजर २०० पिस फेस सिल्ड ५०० पिस ग्लोब्स १००० पिस साबुन संस्थाले इन्द्रावती गाउँपालिकाका विभिन्न वडाहरुमा वितरण गरिसकेको छ भने यो क्रम गाउँपालिका सँगको समन्वयमा निरन्तर चलिरहनेछ ।
भुकम्पको महामारीदेखीनै विपतमा नागरिकको भरोसाको रुपमा परिचित यो संस्थाले जनजिविकाका सवालमा सरोकार राख्ने शिक्षा स्वास्थ्य खानेपानी लगायतका धैरैकामहरु गरेर जनताको मन जितिसकेको स्थानियहरु बताउँछन् ।
साथै कोरोना महामारीले उग्ररुप लिँदैगएको वर्मान अवस्थामा गाउँपालिका सँगको समन्वयमा गाउँपालिका-७ स्थित ‘सिन्धु उत्थान केन्द्र (SUK) नेपाल’को भवन र (SUK) नेपालकै स्वामित्वमा रहेको विद्यालय भवन समेत आइसोलेसनको रुपमा उपलब्ध गराउन संस्था तयार रहेको समेत सचिव अधिकारीले बताए ।
