नायिका जेनी कुँवरले गरिन् आत्महत्या

32

काठमाडौं – नायिका तथा निर्मात्री जेनी कुँवरले आत्महत्या गरेकी छिन् । उनले आफू बस्दै आएको काठमाडौंको थापागाउँ स्थित सनराइज सिटी अपार्टमेन्टमा झुन्डिएर आत्महत्या गरेको प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानमा उनको आत्महत्या डिप्रेसनको कारण भएको पाइएको महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी निरिक्षक केशर न्यौपानेले जानकारी दिए ।प्रहरीका अनुसार, जेनीको ‘सुसाइड नोट समेत भेटिएको छ ।

विगत १ बर्षदेखि डिप्रेशनमा रहेकी जेनीको आत्महत्याको कारण डिप्रेशन हुनसक्ने प्रहरीको अनुमान छ । उनी, विगत केही समयदेखि पशुपति मन्दिर परिसरमा साधुको अवतारमा पनि बसिरहेकी थिइन् । केही समय अगाडि उनको पशुपति परिसरमा नै लफडा समेत भएको थियो ।

जेनीले चलचित्र ‘धुम, मैदान, मिस्टर डन, हलचल, घायल, जीवनदाता, त्यागी मान्छे, हाम्रो मिलन कहिले हुन्छ, विन्ती पत्र, अभिमन्यू’ लगायतमा काम गरेकी छिन् ।

उनले, अभिनय तथा निर्माण गरेको चलचित्र ‘घायल’को ‘माया गर मायालुले’ बोलको गीत केही समय अगाडि टिकटकमा समेत हिट भएको थियो ।

समाचार वर्गहरू