बाढिपिडतको सहयोगमा जुट्न सिन्धु कांग्रेसको आग्रह

18
बिकास लामा,

सिन्धुपाल्चोक – नेपाली कांग्रेस सिन्धुपाल्चोकले हेलम्बु-मेलम्चिका बाढिपिडतको सहयोगकालागी सरकारसँग जोडदार माग गरेको छ ।

नेपाली कांग्रेस सिन्धुपाल्चोकका सभापती बिकास लामाले मंगलबार एक विज्ञप्ति जारी गर्दै हेलम्बु-मेलम्चिका बाढिपिडतहरुको आवश्यक राहत, उद्दार, पुनस्थापना तथा पुनर्निर्माणका लागी सरकार सँग माग गरेका हुन् ।

साथै नेपाली कांग्रेस सिन्धुपाल्चोकले बाढि पहिरोको पिडामा परेका हेलम्बु, मेलम्चि, पाँचपोखरी र इन्द्रावतीका नागरिकहरुको राहत तथा उद्दार कार्यमा जुट्न पार्टिका भातृ तथा शुभेच्छुक संस्थालाई निर्देशन दिएको छ ।

‘सिन्धुपाल्चोक माथिको निरन्तरको विपत्तिबाट सिर्जित बिषम परिस्थितीमा आ-आफ्नो क्षेत्रबाट पिडितहरुलाई सहयोग गर्नुहुन सहयोगी तथा दाताहरुसाग नेपाली कांग्रेस हार्दिक आव्हान गर्दछ’ विज्ञप्तिमा उल्लेख छ ।

No description available.

समाचार वर्गहरू