काठमाडौं – आजदेखि देशैभर काेराेना भाइरस विरुद्धकाे भेराेसेल खाेपकाे दाेस्राे मात्रा लगाइने भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार गत असार २९ देखि सञ्चालन भएकाे खाेप अभियानमा पहिलो मात्रा खोप लगाएका ५५ वर्षभन्दा माथिका उमेर समूहका मानिसलाई आजदेखि खाेपकाे दाेस्राे मात्रा लगाइनेछ ।
पहिलाे मात्रा खाेप लगाएकाे २१ दिनपछि दाेस्राे मात्रा खाेप लगाउन पाइनेछ । खाेप लगाउन आउँदा अघिल्लाे पटक खाेप लगाएकाे प्रमाणपत्र अनिवार्य रूपमा बाेक्नुपर्नेछ ।
स्वास्थ्य सेवा विभागले सातवटै प्रदेश स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्ला स्वास्थ्य कार्यालयलाई खोप अभियान सञ्चालन गर्न निर्देशन दिइसकेकाे जनाएको छ ।
यो खाेप अभियान साउन २४ गतेसम्म सञ्चालन हुनेछ ।