काठमाडौं – निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय कार्यकारिणी समितिको नयाँ विवरण अध्यावधिक गरेर सार्वजनिक गरेको छ ।
आयोगको अद्यावधिकसगै जसपा केन्द्रीय कार्यकारिणी समिति ५१ बाट झरेर ३५ सदस्यीय बनेको र पार्टीको अध्यक्षमा उपेन्द्र यादव मात्र कायम भएको निर्वाचन आयोगका सचिव सुरेश अधिकारीले जानकारी दिए ।
अधिकारीका अनुसार आयोगले विवरण अध्यावधिक गरेसँगै महन्थ ठाकुर अध्यक्षपद सहित केन्द्रीय कार्यकारिणी समिति सदस्य पदबाट समेत पदमुक्त भएका छन् । तर यसैका आधारमा उनिहरुको सांसद पद भने जाने छैन ।
पार्टीले कारवाही नगर्दासम्म उनीहरू पार्टीको साधारण सदस्यका रूपमा कायम रहने छन् ।ठाकुरसंगै नेता राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झा, लक्ष्मण लाल कर्ण, सर्वेन्द्र जनाथ शुक्ला समेत पदाधिकारी बाट बाहिरिएका छन् ।