एमसीसी अनुदान हो, यसमा राजनीति गर्न खोजियो- प्रधानमन्त्री देउवा

17

काठमाडौँ – नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुदान भएकोले अनावश्यक राजनीति नगर्न आग्रह गरेका छन् ।

मंगलबार काँग्रेसको संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले देश विकासका लागि अनुदान ल्याएर ऋण घटाउने गर्नुपर्ने भन्दै यो विशुद्ध अनुदान भएको दाबी गरेका हुन्।

साथै उनले एमसीसी नेपालमा यत्तिकै नआएको बताउदै कानुनी प्रक्रिया पुरा गरेर प्रतिष्पर्धाबाट आएको बताउँदै देउवाले एमसीसीमा अनावश्यक राजनीति गर्न आवश्यक नरहेको स्पष्ट गरेका थिए ।

उनले भने- ‘हामीले विश्व बैंक र एसियन बैंकबाट ब्याजमै मोटो रकम ऋण लिइरहेका छौं । तर, एमसीसी अनुदान हो । यो विकासका लागि दिइएको अनुदान हो । यसमा धेरै राजनीति गर्न खोजियो ।’

समाचार वर्गहरू