पूर्वराजदूत एवम् व्यवसायी राणाको निधन

18

काठमाडौँ – भारतका लागि पूर्वनेपाली राजदूत एवं व्यवसायी रुक्मशमशेर राणाको निधन भएको छ।

डाबर नेपालका साझेदार एवं प्रबन्ध निर्देशक समेत रहेका राणाको काठमाडौँको बत्तिसपुतलीस्थित निवासमा ८६ वर्षको उमेरमा शनिबार बिहान निधन भएको हो। डाबर नेपाल भारतीय संयुक्त लगानीमा स्थापित भएको हो ।

राणाले राष्ट्रिय खेलकुद परिषदको दुई कार्यकाल सदस्यसचिवको जिम्मेवारीसमेत निर्वाह गरेका थिए । उनी सन् २००९ देखि २०११ सम्म भारतका लागि नेपाली राजदूत थिए।

उनकाे आइतबार दाहसंस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।

समाचार वर्गहरू