काठमाडौँ – काठमाडौँबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बोलेरो जीप रामेछापमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
जिल्लाको मन्थली नगरपालिका-६ हात्तिटारमा बिहान ९ बजे जीप दुर्घटना भएको हो ।
दुर्घटनामा मृत्यु हुनेमा ओखलढुंगा श्रीतेम्बा गाउँपालिका–६ फिदी फलाँटेका अन्दाजी ३४ वर्षीय लाक्पा शेर्पा, उनकी श्रीमती अन्दाजी ३१ वर्षीया फुर्वा शेर्पा र गाडी धनी अन्दाजी ३५ वर्षीय वाङछे शेर्पा रहेका छन् ।उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।
यस्तै लाक्पाका ७ वर्षीया छोरा घाइते भएका छन् । उनलाई स्थानीय अस्पतालमा उपचारपछि काठमाडौं रिफर गरिएको छ । एकजना प्रहरीको साथमा उनलाई काठमाडौँ पठाएको डीएसपी नवराज ढुंगानाले जानकारी दिए ।