एमालेको प्रतिवेदनमा पार्टी विभाजनका मुख्य योजनाकार माधव नेपाल रहेको ठहर

8

काठमाडौं – नेकपा एमालेले माधवकुमार नेपाललाई पार्टी विभाजनको मुख्य योजनाकारको संज्ञा दिएको छ। एमालेको राजनीतिक प्रतिवेदनमा विभाजनका मुख्य योजनाकार नेपाल रहेको भन्दै औंल्याइएको छ ।

ललितपुरको गोदावरीमा शुक्रबार सुरु भएको महाधिवेशनमा छलफलका लागि पेस गरेको प्रस्तावमा माधवकुमार नेपाललाई पार्टी विभाजनको मुख्य योजनाकारको संज्ञा दिइएको हो।

प्रतिवेदनमा भनिएको छ, ‘विभाजनका मुख्य योजनाकार माधवकुमार नेपाल नवौं राष्ट्रिय महाधिवेशनदेखि नै पार्टीका नीति र नेतृत्वविरूद्ध अन्त्यहीन गुटबन्दी, किचलो र असहयोगमा सङ्लग्न थिए ।२०७३ सालमा पनि एमाले नेतृत्वको सरकारलाई विस्थापित गर्ने भित्री योजनाकार थिए।

एमाले नेतृत्वको सरकारलाई जुनसुकै मूल्यमा अपदस्थ गर्न, प्रदेशहरूमा एमाले सरकारलाई विफल पार्न, पार्टीका उम्मेदवारहरूलाई पराजित गर्न र आन्दोलनलाई विपक्षीहरूको सेवामा समर्पित गर्न उनीहरूबाट भएका गतिविधि सार्वजनिक नै छन् ।’

एमालेलाई विभाजन गराउन र उनीहरूलाई वैधता दिन अदालत, निर्वाचन आयोग र सभामुखको समेत सहयोगी भूमिका रहेको भन्दै कानुनसम्मत प्रतिवाद गर्ने प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनको पुर्ण पाठ –

समाचार वर्गहरू