काठमाडौँ – राज्यमन्त्रीको सपथ खाएको ७५ दिनमै व्यवसायी उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीबाट हट्ने भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नेकपा एकीकृत समाजवादीको भागमा परेपछि श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीबाट हट्ने भएका हुन् ।
श्रेष्ठलाई देउवाले १० साउनमा स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका श्रेष्ठ सुरूमा चेन अस्पतालका सञ्चालक व्यापारीलाई मन्त्री बनाएको भन्दै आलीचित बनेका थिए । तर, पछिल्लो समय राज्यमन्त्रीका रुपमा श्रेष्ठले राम्रो काम गर्ने कोशिस गरेको चर्चा हुँदै आएको छ ।
उनले राज्यमन्त्री भएपछि राज्यबाट पाउने सेवा सुविधासमेत लिएका छैनन् । प्रधानमन्त्री देउवाले भने श्रेष्ठलाई नै स्वास्थ्यमन्त्रीमा निरन्तरता दिने अडान राखेका थिए । अरु थुप्रै केन्द्रीय सदस्यसमेत भइसकेका वरिष्ठ नेताहरुले पनि अवसर नपाएका कारण श्रेष्ठलाई राज्यमन्त्रीबाटै हटाउनुपर्ने दबाब देउवामाथि छ ।
एक नेताका अनुसार देउवाले श्रेष्ठलाई विनाविभागीय मन्त्रीको रुपमा जिम्मेवारी दिने सम्भावना रहेको छ । सत्ता गठबन्धन शीर्ष नेताहरुले बिहीबारको बैठकबाट मन्त्रालय बाँडफाँटको विषय टुंग्याएर शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने सहमति जुटाएका हुन् ।