दाइले राजीनामा दिंदै, भाइ वनमन्त्री बन्दै

8

काठमाडाैं – संघीय सरकारका उद्योगमन्त्री गजेन्द्र हमालले मन्त्री पदबाट राजीनामा दिइरहँदा उनका भाइ सुरेन्द्र हमाल भने लुम्बिनी प्रदेशको वनमन्त्रीमा नियुक्त हुने भएका छन् ।

‘आइतबार दिउँसो २ बजे मन्त्रीमा सपथ हुने कार्यक्रम छ,’ सुरेन्द्र हमालले भने । सुरेन्द्र कांग्रेसको तर्फबाट बाँके २ ‘ख’ बाट निर्वाचित सांसद हुन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको कोटामा मन्त्री बनेको भन्दै चर्को आलोचना खेपिरहेका उद्योगमन्त्री गजेन्द्र हमालले आफू विवादमा नफस्ने भन्दै राजीनामा दिएका हुन् ।

‘मैले आफ्नो स्वविवेक प्रयोग गरें, धेरै सोचें, किन विवादमा परुँ म । किन राजीनामा दिने भनेर नेताहरुले पनि भनेका छन् ,’ उनले भने । देउवा निकट हमाल नाताले प्रधानन्यायाधीश जबराका सहोदर जेठान हुन् ।

समाचार वर्गहरू