राष्ट्रिय आविष्कार केन्द्रलाई एक करोडको पुरस्कार

21

काठमाडौं – नेपालका वैज्ञानिक तथा समाजसेवी महावीर पुनद्वारा स्थापित राष्ट्रिय आविष्कार केन्द्रलाई एनआरएनएका निवर्तमान अध्यक्ष भवन भट्टले एक करोड रुपैयाँको भवन कीर्ति रत्न पुरस्कार दिने भएका छन् ।

यो पुरस्कार भट्टले शनिबार एनआरएनएको दसौं विश्व सम्मेलनका क्रममा घोषणा गरेका हुन् ।

पूर्वअध्यक्ष भट्टद्वारा स्थापित यो पुरस्कार हरेक दुई वर्षमा नेपालको समृद्धि, नवप्रवर्तन र विकास परिवर्तनमा महत्वपूर्ण योगदान गर्ने व्यक्ति वा संस्थालाई दिने घोषणा गरिएको छ ।

पुरस्कारको लोगोको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी छिन् । यो वर्ष आफूले घोषणा गरेपनि आगामी वर्षदेखि एनआरएनए र बीबी फाउण्डेसनले संयुक्तरुपमा गर्ने भट्टले जनाएका छन् ।

आफ्ना समाजसेवी पिता स्व. यदु भट्टबाट सामाजिक काममा योगदान गर्ने प्रेरणाअनुसार यो पुरस्कार स्थापना गरेको पनि उनले जानकारी दिए ।

समाचार वर्गहरू