भक्तपुरमा कलेज बस दुर्घटना हुँदा २२ जना घाइते

38

भक्तपुर – भक्तपुरको घ्याम्पेडाँडामा शुक्रबार बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । घाइतेहरु काठमाडौस्थित मदन भण्डारी मेमोरियल कलेजका विद्यार्थी हुन् ।

कलेजबाट वनभोजका लागि गएको बा ५ ख ४२८६ नम्बरको बस सडकमा पल्टिँदा २२ विद्यार्थी घाइते भएका हुन् । दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुमध्ये २० जनाको भक्तपुरको सल्लाघारीस्थित डा इवामुवारा अस्पताल र दुई जनाको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ ।

समाचार वर्गहरू