काठमाडौं – आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन प्रयोजनका लागि उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराउँदा १८ वटा प्रतिबद्धतामा हस्ताक्षर गर्नुपर्ने भएको छ।
आइतबारबाट सुरुहुने पहिलो हुने निर्वाचित हुने प्रणाली अन्तर्गत निर्वाचन आयोगले तयार पारेको उम्मेदवारले गर्नुपर्ने स्वघोषणा पत्रमा विभिन्न १८ वटा विषयवस्तु समावेश गरिएका छन्।
उम्मेदवारले मनोनयन पत्रसँगै नेपालको संविधानप्रति पूर्ण निष्ठावान रहेको प्रतिबद्धता जनाउनुपर्नेछ। मानसिक सन्तुलन ठिक भएको पच्चीस वर्ष उमेर पूरा भएको नेपाली नागरिक भएको जनाउनुपर्नेछ।
यस्तै उम्मेदवारले प्रतिनिधि सभा सदस्य निर्वाचनको हकमा कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको र प्रदेशसभा सदस्य निर्वाचनको हकमा सम्बन्धित प्रदेशको गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको स्वघोषणा गर्नुपर्नेछ।
१८ प्रतिबद्धतामा के छ ?