‘पार्टीमा आन्तरिक समस्या भए पनि अहिले झगडा गर्ने बेला होइन’ – देउवा

26

काठमाडाैं – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँच दलीय सत्ता गठबन्धन रहरले नभई संविधान र लोकतन्त्रको रक्षाका लागि बनेको स्पष्ट पारेका छन्।

वाम लोकतान्त्रिक गठबन्धनको बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले ठूलो संघर्षपछि प्राप्त संघिय लोकतान्त्रिक गणतन्त्र समावेशीसहितको संविधानको रक्षा गर्न गठबन्धन बनेको बताए।

प्रधानमन्त्री देउवाले भने,’नेपालको संविधान सच्चा मानेमा समावेशी छ। तसर्थ संविधानको रक्षा गर्नु हाम्रो पहिलो दायित्व हो। संविधानले भूगोललगायत सबै वर्ग, क्षेत्र र समुदायको प्रतिनिधित्व सुनिश्चित गरेको छ। यस्तो व्यवस्था विश्वमा विरलै पाइन्छ।’

प्रधानमन्त्री देउवाले गठबन्धन आवश्यकताले बनेको बताउँदै यो अपरिहार्य थियो, छ र रहने विषयमा स्पष्ट पारे। उनले स्थायी शान्ति र लोकतन्त्र, कसैले खोस्न नसक्ने तथा लोकतन्त्र कसैले हटाउन नसक्ने संविधानको रक्षा गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

निर्वाचनमा सबैले टिकट पाउन कठिन भएको र त्यो समस्या सबै पार्टीमा रहेको बताउँदै उनले गठबन्धन सम्बद्ध पार्टीमा आन्तरिक समस्या भए पनि अहिले झगडा गर्ने बेला नभएकाे बताए।

समाचार वर्गहरू