‘गठबन्धन टुट्नुमा कांग्रेस दोषी छैन’ – प्रवक्ता महत

36

काठमाडौं – नेपाली काँग्रेसले चुनावपछि नयाँ सरकार गठनको पहल भइरहेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अकस्मात गठबन्धन छाडेर गएको दाबी गरेको छ।

बुधबार पार्टी मुख्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता प्रकाशशरण महतले चुनावपछि गठबन्धनलाई निरन्तरता दिन कांग्रेसले कोसिस गरे पनि प्रचण्डकै कारण सफल हुन नसकेको बताएका हुन्।

प्रवक्ता महतले भने, ‘प्रचण्डले गठबन्धन छाडेर जानुभयो, जुन निर्वाचनका बेला गरिएको प्रतिबद्धताविपरीत थियो। किन प्रचण्डले गठबन्धनलाई टुट्न दिनुभयो भन्नेबारे विश्लेषण हुँदै जालान्। तर गठबन्धन टुट्नुमा कांग्रेस दोषी छैन।’

निर्वाचनमा कांग्रेसले अपेक्षा गरेअनुसार परिणाम ल्याउन नसके पनि जनमतलाई सन्तोषजनकै मानिएको उनले बताए। प्रचण्डकै कारण कांग्रेस सबैभन्दा ठूलो पार्टी भए पनि प्रतिपक्षमा रहनुपर्ने परिवेश सिर्जना भएको उनको आरोप छ।

‘कांग्रेस विचलित भएको छैन। नयाँ सरकार बन्नुअघि कहीँ–कतै पनि वैकल्पिक नेतृत्व जुटाएर प्रधानमन्त्री लिने प्राथमिकतामा पार्टी थिएन। अब हामी सशक्त प्रतिपक्षको भूमिका खेल्छौं। पार्टी संगठन विस्तारलगायत काम गर्छौं,’ उनले भने।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू