सरकारमा जाँदै कांग्रेस, मन्त्री बन्ने प्रारम्भिक सूचीमा को-को ?

32

काठमाडौं – कांग्रेसले सरकारमा सहभागी हुने औपचारिक निर्णय लिएसँगै पार्टीभित्रै आकांक्षीहरूको चर्चा परिचर्चा सुरु भएको छ। कांग्रेसले सरकारलाई विश्वासको मत दिने र संसद्मा सत्ता पक्षको बेन्चमा बस्ने भएको हो।

सरकारमा सहभागी हुने कांग्रेसले औपचारिक निर्णय गरेपछि मन्त्रिपरिषद्को विस्तारसँगै पार्टीबाट नेतृत्व गर्ने र मन्त्री हुनेहरूको चर्चा भएको हो।

कांग्रेसले १० मन्त्रालय दाबी गरे पनि कांग्रेसको भागमा पर्ने ८ ओटा मन्त्रालयको जिम्मेवारीका लागि यतिबेला पार्टीभित्र कोही खुम्चिने र कोही अगाडि बढ्ने प्रयासमा छन्। पार्टीबाट उपप्रधानमन्त्रीसहितको नेतृत्व गरेर जानेहरूको नाममा उपसभापति पूर्णबहादुर खड्का, कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत, नेता विमलेन्द्र निधि र प्रकाशमान सिंहको नाम चर्चामा आएको छ।

यतिबेला कांग्रेसबाट मन्त्री बन्ने प्रारम्भिक सूचीमा समेटिएका नेताहरूमा खड्का, सिंहसहित जीवन परियार, एनपी साउद, डा. शशांक कोइराला, किशोरसिंह राठोर, रामहरि खतिवडा, सीता गुरुङ, अजय चौरासिया, रमेश रिजाल, मोहन बस्नेत, प्रदीप पौडेल, डिगबहादुर लिम्बू छन्। महिलाबाट राज्यमन्त्रीमा सरीता प्रसाईंको नाम चर्चामा छ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू