लामिछानेका सवारी चालक थापाको स्वास्थ्य अवस्था बुझ्न चितवन पुगे बस्नेत

17

काठमाडौं – नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं सिन्धुपाल्चोक क्षेत्र नं २ का माननिय सांसद मोहनबहादुर बस्नेत चितवन पुगेका छन् ।

सिन्धुपाल्चोक बाह्रविसेका दिलबहादुर थापाको पछिल्लो स्वास्थ्यस्थिति बुझ्न र आवश्यक सहयोग गर्न प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेत चितवन पुगेका हुन् ।

सोमबार चितवनस्थित पुरानो मेडिकल कलेजमा पुगेर उपचाररत थापाको साँसद बस्नेतले स्वास्थ्यस्थिति बुझेका छन् । सांसद बस्नेतका अनुसार घाइते थापाको स्वास्थ्य स्थिति सुधारोन्मुख रहेकोे छ ।

अस्पताल पुगेर पुर्वमन्त्री बस्नेतले उपचारको क्रममा कुनै अभाव हुन नदिन अनुरोध गर्दै उपचारकालागी आवश्यक सहयोग गर्न आफू तयार रहेको प्रतिवद्धता समेत जनाएका थिए । घाईतेको अवस्था बुझ्न बस्नेत सहित बागमती प्रदेशसभा सदस्य मशिना खड्का भण्डारी, र बाह्रबिसे नगरपालीकाका प्रमुख बालकृष्ण बस्नेत पनि चितवन पुगेका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी नेपालका सभापति रवि लामिछानेका सवारी चालक रहेका थापा सोमबार विहान सभापति लामिछानेको निवासस्थित तीन तल्ला माथि छतबाट खसेर घाइते भएका थिए ।

घाइते भएका चालक थापालाई थप उपचारका लागि मंगलबार नेपाल मेडिसिटी अस्पताल ल्याइएको छ ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू