२३ वर्षदेखि सरकारी सम्पत्तिमा गुरुङको हालीमुहाली

27
टेकबहादुर गुरुङ

काठमाडौं – काठमाडौं फनपार्कले समाज कल्याण परिषद्का पदाधिकारीलाई प्रभावमा पारी ०५७ देखि कौडीको भाउमा लिजमा लिएर भृकुटीमण्डपस्थित जग्गा प्रयोग गर्दै आएको छ । २३ वर्षअघि मासिक प्रतिरोपनी आठ हजारमा जग्गा भाडामा दिइएको थियो । ०६१ मा फेरि टेन्डर हुँदा अरूले प्रस्ताव गरेको भाडादरभन्दा सस्तोमा दिइएको थियो ।

०६१ मा पहिलेभन्दा भाडा घटाएर मासिक प्रतिरोपनी तीन हजार सात सय रुपैयाँ बनाइएका थियो । त्यतिवेला चन्द्र घलेले महँगो दर प्रस्ताव गरे पनि उनलाई टेन्डर दिइएन । ०६६ मा टेन्डर अवधि सकिएको थियो । दुई वर्षपछि सोही कम्पनीलाई विनाप्रतिस्पर्धा लिज अवधि थप्ने निर्णय भयो । त्यतिखेर प्रतिरोपनी मासिक नौ हजार दुई सय ५० रुपैयाँमा दिइयो ।

त्यही क्रममा भ्रष्टाचार मुद्दा दायर भएको हो । ०६८ मा टेकबहादुर गुरुङले रवीन्द्र गुरुङमार्फत तत्कालीन समाज कल्याणमन्त्री बद्री न्यौपानेलाई म्याद थपका लागि निवेदन दिएका थिए । न्यौपानेले म्याद थप उचित भएको भन्दै प्रस्ताव अघि बढाउन परिषद्का सदस्यसचिवलाई तोकआदेश दिएका थिए ।

सोही आधारमा १५ वर्षका लागि म्याद थप गरिएको थियो । फनपार्कको ठीक अगाडिपट्टिको टुकुचामा इच्छुमती तरकारी बजारलाई भने परिषद्ले प्रतिरोपनी प्रतिमहिना न्यूनतम ७८,५७१ रुपैयाँका दरले भाडामा लगाएको समाचार नयाँपत्रिकमा छ ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू