काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको खोजी सूचीमा रहेका पूर्वसांसद आङ्टावा शेर्पाले आत्मसमर्पण गरेका छन्। शेर्पाले सोमबार टेकुस्थित जिल्ला प्रहरी परिसरमा पुगेर आत्मसमर्पण गरेका हुन्।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्न रहेको आरोपमा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको थयो।
यो प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई नपोल्न आग्रह गर्दै कांग्रेसका पूर्वसांसद शेर्पाले ठगी गिरोहका सदस्यसँग हिरासतमै भेट गरेको भनिएको थियो ।
प्रकरणमा पूर्वगृहमन्त्री खाँणसहित सरकारका सचिव टेकनारायण पाण्डेलगायतका व्यक्ति पक्राउ परिसकेका छन् । एमाले सचिव टोपबहादुर रायमाझी पनि आइतबार पक्राउ परिसकेका छन् ।