काठमाडौं – लगातार उकालो लाग्दै आएको सुनको भाउ शुक्रबाट भने केही गिरावट आएको छ । भाउ बढेपछि कारोबार ठप्प भएको सुनको मूल्यमा एकै दिन प्रतितोला १४ सय रुपैयाँले गिरावट आएको छ । भाउ घटेर सुन अहिले प्रतितोला ७२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत बुधबार प्रतितोला ७३ हजार ५ सय रुपैयाँमा कारोकार भएको सुन, बिहीबार १ सय रुपैयाँले घटेर ७३ हजार ४ सय रुपैयाँ कायम भएको थियो । शुक्रबार भने एकै दिन १४ सय रुपैयाँले घ्टयो । शुक्रबार सुन र चाँदीको मूल्यमा उच्च गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले घटेर ९ सय रुपैयाँ कायम भएको छ ।
चाडपर्वसागै सुन महागिए पछि कारोबार भने ओरालो लागेको छ । सुनको भाउ बढेपछि अत्यधिका कारोबार हुने तीजको समयमा पनि कारोबार शुन्य भएको व्यवसायीहरु बताउँछन् । दशैं नजिकिादा समेत राजधानीका सुन पसलमा ग्राहकको चहलपहल हुन नसकेको व्यापारी बताउँछन् ।
मूल्य बढ्दै गएपछि किनबेच हृवात्तै घटेको व्यापारीको भनाई छ । खासगरी चीन र अमेरिककाको व्यापार युद्धका कारण सुनको मूल्यमा उताचढाव भईरहेको जानकारहरू बताउाछन् । पछिल्लो समय अमेरिककाले चीनसागको व्यापारमा कडाइ गरेपछि लगानीकर्ताले सुनमा लगानी बढाएका छन् । केही महिनायता अमेरिकाले तीन पटकसम्म चीनबाट आयात हुने सामग्रीमा कर बढाइरकेको छ ।
चीन र अमेरिकाको व्यापार युद्धकै कारण विश्व बजारमा सुनको मूल्य महागो भएको र त्यसको प्रत्यक्ष असर नेपाली बजारमा परेको जानकारहरू बताउाछन् । डलरको तुलनामा भारतीय रुपैयाा पनि कमजोर भएकाले नेपाली बजारमा सुनको भाउ बढेको महासंघको भनाई छ ।