‘अपराधको राजनीतिकरण, भ्रष्टाचार र बेथितिले गणतन्त्र कुप्रियो’ – भिम रावल

25
फाइल फोटो

काठमाडौं – नेकपा एमालेका नेता डा. भीम रावलले गणतन्त्रमा अपराधको राजनीतिकरण, भ्रष्टाचार र बेथितिले व्यवस्था कुप्रिएको टिप्पणी गरेका छन् ।

सोमवार गणतन्त्र दिवसको अवसरमा सामाजिक सञ्जाल ट्विटरमा लेख्दै रावलले गणतन्त्रलाई सोझो गरी उभ्याउन र हिलोमैलो पखाल्न चेतना र जाँगरको सञ्चार होस् भनी कामना गरेका छन् ।

उनले लेखेका छन्, ‘गणतन्त्र स्थापनाको १६औं वर्षमा यस व्यवस्थामा युवा शक्ति र स्फूर्ति हुनुपर्ने हो तर अपराधको राजनीतिकरण, भ्रष्टाचार, बेथिति र बाह्य शक्तिको दलालीले व्यवस्था कुप्रिएको छ र कुरूप देखिन थालेको छ । यसलाई सोझो गरी उभ्याउन र हिलोमैलो पखाल्न चेतना र जाँगरको सञ्चार होस्, सबैमा यही शुभकामना !’

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू